गाउने,नाच्ने र हसाउनेको तिज रौनक (फोटो फिचर)


Teej-Programe
(सेलिब्रेटी नेपाल) २१ भाद्र -हिन्दु नारी हरुको महान चाड तिजको माहोल सबै तिर छाइ रहेको छ यति बेला कलाकार हरु पनि विभिन्न तिज कार्यक्रममा ब्यस्त भई रहेका छन् टिभीमा छमछमी नाँचेका देखिनेहरु गीत गाउँदै थिए, गाउनेहरु भने नाँचिरहेका थिए। नेपाली नारीहरुको महान चाड हरितालिकाको अबसरमा देखिएका यी दृष्य दीपाश्री निरौला, निशा सुनार र कविता शर्माद्वारा आयोजित ‘आइएमइ तीज विशेष सम्मान’ कार्यक्रममा देखिएको हो।
Rekha-thapa-dipa-shree
कार्यक्रममा अभिनेत्री रेखा थापा, मोडल सिर्जु अधिकारीलेगीत गाए गायिकाहरु निशा सुनार,मञ्जु पौडेल दिल खोलेर नाँचे। हसाउँने अभिनेत्रीका रुपमा परिचित दीपाश्री निरौला पनि बेस्सरी नाँचिन्। हिरोइन, गायिका र हाँस्य कलाकारको भब्य संगम रहेको कार्यक्रममा विभिन्न क्षेत्रमा निस्वार्थ भावना लिएर काम गरिररहेका केही महिलाहरु सम्मानित भएका थिए।
Kunjana-ghimire-suntali
कार्यक्रममा अन्य गायिका कोमल वली, देविका बन्दना, सरु थापा, मिलन अमात्यलगायतले गीत गायका थिए। त्यसैगरी शंकर विसी, पार्वती राई, सम्झना बुढाथोकीलगायतले नृत्य गरेका थिए।
Dipa-Nisha
Dipa-shree-sushma-karki-rekha
Prlhad-timalsuna-milan

Copyright © 2012 - 2026 | All Right Reserved.