दयाहाङ र शिशिरको राजनीतिक द्वन्द, ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक

दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा राजनीतिक परिवेशलाई रोचक तरिकाले देखाइएको छ।



काठमाडौँ। भदौको २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा राजनीतिक परिवेशलाई रोचक तरिकाले देखाइएको छ। क्लक वर्क क्रियशनको प्रस्तुतिमा तयार भएको चलचित्रमा जय श्रेष्ठको लगानी छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको चलचित्रका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

चलचित्रमा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एस डी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.