मुकुनको चलचित्र ‘गणपति’ को गीत ‘टुकी झ्याप’ सार्वजनिक



काठमाडौं। आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गणपति’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता मुकुन भुषाल, र बर्षा सिवाकोटी फिचर्ड छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘गणपति’को ‘टुकी झ्याप’ बोलको गीतमा निशान भट्टराई, अनिस अधिकारी र रचना रिमालको स्वर रहेको छ । अनिस अधिकारीको शब्द रचना तथा संगीत रहेको गीतलाई बाबुल गिरीले एरेन्ज गरेका हुन् ।

सार्वजनिक गीतको छायांकनको क्रममा बालाजुस्थित चलचित्र विकास संस्थानको ल्याबमा आगलागी समेत भएको थियो । त्यसबाट निर्मातालाई लाखौं रुपैयाँ क्षति भएपनि नयाँ सेट तयार पारेर गीतको छायांकन गरिएको हो । सिनेमाले आस्थाको रुपमा रहेका भगवान् र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताइएको छ ।

चलचित्रमा मुकुनका अलवा मेनुका प्रधान, स्वर्गीय जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको पनि अभिनय रहेको छ । चलचित्रको प्रस्तुतकर्तामा रामप्रसाद रिजाल, निर्मातामा लक्ष्मण रिजाल र कार्यकारी निर्मातामा विज्ञान केसी र अरविन्द्र गिरी रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.