भर्सटाएल नरेशको केही कुरा…



२५ बर्ष देखि निरन्तर बोल्ने पेशामा लागेका नरेश अहिले पनी उत्तिकै व्यस्त छन्। आफुलाई माइक जीवि भन्ने नरेश भट्टराई माइक कै कारण आफ्नो परिचय बनेको बताउछन्। २५ बर्षीए आफ्नो करियरमा कुनै पनि बेला एक महिना पनि बिश्राम नलिएको उनले बताए। रेडियो नेपालमा स्वर परिक्षा पास गरेर अध्यात्म ज्योति एफएम १०० मेघाहर्जबाट पेशागत रुपमा बोल्न थालेका नरेश हाल इमेज एफ.एम.९७.९ मा कार्यरत छन्। फरक फरक किसिमका कार्यक्रमहरु संचालन गर्दै आएका नरेशको चलचित्रका कार्यक्रम र बिहान ८ बजे देखि १० बजे सम्म आउने कार्यक्रम ‘शुभदिन’ सर्वाधिक चर्चित र लोकप्रिय मानिन्छ। बिगत १९ बर्ष देखि निरन्तर संचालन हुँदै आएको नरेशको कार्यक्रम ‘शुभदिन’को थेसिस समेत लेखिएको छ।

नरेशलाई अझ लोकप्रिय र चर्चित बनाउने कार्यक्रमहरु नेपालको पहिलो डान्स रियालिटी शो ‘आँगन’, इमेज च्यानलमा आउने कार्यक्रम ‘चलचित्र’,टिटिभीमा आउने कार्यक्रम ‘लभ एण्ड लाइफ’,एपीवानबाट प्रशारण भएको रियालिटी शो ‘नेपाल लोक स्टार’ सिजन वन,प्राइम टीभीमा प्रशारण हुने कार्यक्रम ‘मेरो एउटा साथी छ’ र इन्टरनेसनल नेपाली डान्स रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ हुन्। भर्सटाएल नरेश दर्जनौ म्युजिक भिडियोका मोडल,दर्जन भन्दा बढी टेलिभिजन एडका मोडल,दर्जन चलचित्र तथा टेली चलचित्र ‘गहना’ का मुख्य कलाकार,३०० भन्दा बढी गीतका लेखक,कुनै समयका व्यस्त प्रशिक्षक भए पनी आफुलाइ संचारकर्मीको रुपमा मात्र चिनाउन चाहन्छन्। ‘हाम्रो मिलन कहिले हुन्छ’ र ‘बबी’ चलचित्रका लेखक समेत रहेका नरेशले लेखेको नयाँ चलचित्र छायाँकनको तरखरमा रहेको छ। उक्त चलचित्र उनकै बेस्ट फ्रेन्ड मिलन चाम्सले निर्देशन गर्नेछन्।

उबेला राजपरिवारको उपस्थितीमा हुने देखि अहिले राष्ट्रपती भवनमा हुने विभिन्न कार्यक्रमहरुको उद्घोषक (मास्टर अफ सेरोमोनी) नरेश कर्पोरेट सेक्टर देखि मनोरंजन क्षेत्रका कार्यक्रमहरुमा व्यस्त रहने गर्दछन्। कार्यक्रम संचालनमा उनको मौलिक शैलीले गर्दा उनि संधै आयोजकको रोजाइमा पर्दछन्। उनको २५ बर्षको करियरमा २ हजार भन्दा बढी स्टेज शोको अनुभव रहेको छ।

बेला बेलामा विभिन्न संघ संस्थाहरुबाट पुरस्कार सम्मान प्राप्त गरेका नरेशको महत्वपूर्ण सम्मान भने ‘भ्वाइस अफ नेपाल २०१४’ रहेको छ। रेडियो, टेलिभिजन स्टेजको लोकप्रियतालाई मध्य नजर गरेर कलश इभेन्टले उक्त सम्मान नरेशलाइ प्रदान गरेको हो। उनै नरेशले बोल्दै गरेको फोटो अङ्कित टि शर्ट छपाएर बजारमा बिक्रि समेत गरिएको थियो।

यती धेरै अनुभव संगालेका नरेशले जिन्दगीका धेरै सिकाई, भोगाइ र अनुभव ‘केही कुरा नरेश संग’ मार्फत बाहिर ल्याउने तयारी गरेका छन्। उनले भने ‘अहिले जे छु, जस्तो छु । त्यो सबै दर्शक श्रोताको मायाले हो । अझै दर्शक श्रोताको मन जित्न र पोजेटिभ भाइब्स दिन नयाँ कार्यक्रम ल्याउन लागेको हो ।’
‘अहिले धेरै टेलिभिजन छन् । ती टेलिभिजनमा अनगिन्ती कार्यक्रम छन् । ती कार्यक्रम भन्दा मेरो कार्यक्रम केहि भिन्न हुनेछ । उस्तै भए मैले गर्नुको औचित्य के रह्यो र’ भट्टराईले थपे । कार्यक्रम संचालनका लागी विदेश गइरहने नरेशको नयाँ कार्यक्रम ‘केही कुरा नरेश संग’ को छायाँकन बिदेशमा समेत गरिने उनले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.