रामकृष्ण ढकालको ‘कलकलाउँदो जोवन तिम्रो’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ। गायक ढकालको स्वरमा पछिल्लोपटक ‘कलकलाउँदो जोवन तिम्रो’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा शब्द रचना लोकबहादुर सुनारको र संगीत दीपक शर्माको रहेको छ। गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन्।

गीतको म्युजिक भिडियो पनि रिलिज गरिएको छ। भिडियोमा गायक ढकाल नै देखिएका छन्। भिडियोमा ढकाललाई सीमा पन्थीले अभिनयमा साथ दिएकी छन्।संजित घिसिङ्गले छायाँकन र सम्पादन गरेको भिडियोको निर्देशन अनिश के खत्रीले गरेका हुन्। भिडियो गायक रामकृष्ण ढकालको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.