दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’ को छायाँकन सम्पन्न



काठमाडौँ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ को छायांकन ३३ दिनमा सकिएको छ । यो चलचित्रको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो । निर्देशक लामाले ३३ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको र अब पोष्ट प्रोडक्शनमा लाग्ने बताएका छन् ।

मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डे लगायतका कलाकारको अभिनय छ ।

छायांकन सकिएसँगै यसको निर्माणपक्षले अभिनेता दयाहाङ राइको तस्वीर समेत सार्वजनिक गरेको छ । जहाँ, दयाहाङको नेता अवतार देख्न सकिन्छ । हिमाल शर्माको प्रस्तुतीमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । यो फिल्मलाई भदौको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन छ । चलचित्र ‘नाङ्गो गाउँ’लाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.