चलचित्र ‘दिलमाया २’ को अफिसियल टिजर सार्वजनिक



काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिलमाया २’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ । लभस्टोरी कथामा निर्माण भएको चलचित्रको टिजरले दर्शकको मन जित्न सक्ने देखिन्छ ।

राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा किरण र सेन्जलका अलवा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ । ‘दिलमाया २’ को लेखन तथा निर्देशन स्वयंम राजु गिरीको नै रहेको छ ।

बिष्णु निराकर र सुस्मिता खत्रीको छायाँकन गरेको चलचित्रमा खुम बहादुर सुनार र संगीता खत्रीको सम्पादन रहेको छ । चलचित्रलाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन र प्रोडक्सन म्यानेजरमा रेश्मा केसी रहेकी छन् । चलचित्र आगामी असार २९ गतेबाट देशभरका चलचित्र घरबाट प्रदर्शनमा आउँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.