हिजोआज दिनहूँजसो युट्युबमा रिलिज भइरहेका छन् नेपाली फिल्म



काठमाडौं । शुक्रबार जीवन लुइँटेल, नीता ढुंगाना अभिनित फिल्म ‘धुन’ युट्युबमा रिलिज गरियो ।

बिहीबार मात्रै प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रमोद अग्रहरी लगायत अभिनित फिल्म ‘कथा काठमाडौं’ युट्युबमा रिलिज भएको थियो । बुधबार विल्सन विक्रम राई, गौरव पहारी अभिनित फिल्म ‘मिसन क्यारेङ्ग ग्याङ’ युट्युबमा आएको थियो ।

हिजोआज दिनहुँजसो कुनै न कुनै नेपाली फिल्म युट्युबमा रिलिज भइरहेका छन् । पछिल्लो एक महिनामा मात्रै झण्डै एक दर्जन नेपाली फिल्म युट्युबमा आएका छन् । ‘लप्पन छप्पन २’, ‘हरी’, ‘तान्द्रो’, ‘चचहुई’, ‘मिष्टर भर्जिन’ लगायतका फिल्मसँगै ‘वीर विक्रम २’को हिन्दी संस्करण पछिल्लो समय युट्युबमा सार्वजनिक भएका फिल्महरु हुन् ।

हिजोआज यसरी दिनहूँजसो फिल्म रिलिज हुनुको कारण भने युट्युब रेभिन्यू हो । डिसेम्बर (अंग्रेजी नयाँ वर्ष)मा युट्युबमा विज्ञापन धेरै आउने र त्यसको फाइदा युट्युब कन्टेन्टलाई हुने जानकारहरू बताउँछन् ।

सोही कारण धेरैले फिल्म रिलिजका लागि नोभेम्बर, डिसेम्बरलाई रोज्ने गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.