पल र नाजिरको ‘बीर विक्रम २’ को हिन्दि भाषाको ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘बीर विक्रम २’ को हिन्दि भाषाको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको मुम्बईमा हिन्दी डबिङ गरिएको हो। ओएसआर इन्टरनेसनलको अफिसियल च्यानल मार्फत हिन्दि भाषाको ट्रेलर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलका संचालक ओम प्रकाश अग्रवाल भन्छन ‘नेपाली चलचित्रको अन्तररास्ट्रीय बजार खोज्ने र चलचित्रले थप आम्दानीको बाटो बनाउने उदेश्यका साथ नेपाली चलचित्रलाइ हिन्दि भाषामा डबिङ गरिएको हो।’ उनका अनुसार छिट्टै नै हिन्दि भाषामा डब गरिएको चलचित्र ‘बीर विक्रम २’ यु ट्युब मार्फत सार्वजनिक गरिनेछ। पछिल्लो समय ओएसर डिजिटलले नेपाली चलचित्रको डिजिटल बजारमा फड्को मारेको छ। यो कदमले अझै नेपाली निर्मातालाइ फाइदा पुग्ने अग्रवाल बताउछन्।

बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथा बोल्ने चलचित्र ‘बीर विक्रम २’ मा पल शाह,वर्षा शिवाकोटी,नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी,क्षितिज सुबेदी खत्री लगायतको अभिनय रहेको छ । चलचित्रलाई प्रदिप भारद्धाजले लेखेका हुन् । चलचित्रमा बनिष शाहको सम्पादन, सुदिप बरालको छायांकन, हिमाल केसीको द्वन्द छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.