मल्टि स्टारर चलचित्र ‘लाखे’ प्रदर्शनमा



काठमाडौं । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित चलचित्र ‘लाखे’ आजबाट प्रदर्शनमा आएको छ । सम्राट बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

सिजन अर्यालको कथा र लगानीमा बनेको यो चलचित्रका निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्र सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्वन्द निर्देशन रहेको चलचित्रका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन ।

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको चलचित्रकोे पटकथा आकाश बरालले लेखेका हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.