(सेलिब्रेटी नेपाल) २६ असार-साला भिनाजु मिलेर बनाउन लागेको चलचित्रको नाम ‘जात्रा’ जुरेको छ। सानो संसार र कोही मेरो चलचित्र निर्देशन गरि सकेका आलोक नेम्वाङले आफ्नै भिनाजु पाइलट,अभिनेता तथा संचारकर्मी विजय लामाले निर्माण गर्न लागेको चलचित्रको निर्देशन गर्ने जिम्मेवारी सम्हाल्ने भएका हुन्। अहिले सम्म जोडीको रुपमा नदेखिएका नायक सौगात मल्ल र नायिका नम्रता श्रेष्ठले पहिलो पटक ‘जात्रा’मा अनस्क्रिन रोमान्स गर्ने भएका छन् । सौगात र नम्रताले अलग फ्रेममा पछिल्लो समयमा छड्केमा देखिएका थिए । उनीहरुको यो जात्रा भने सेप्टेम्बरदेखि मात्र फ्लोरमा जानेछ। लुट बाट सफल नायक बनेका सौगात र मेरो एउटा साथी छ बाट सफल नायिका बनेकी नम्रता ले थुप्रै चलचित्रमा काम गरि सके पनि पहिलो चलचित्रको जस्तो सफलता हात पार्न सकेका छैनन्। अब यो जोडीको ‘जात्रा’ कस्तो हुनेछ पछि नै थाहा हुनेछ।
सम्बधित पोस्टहरु
‘खजुरे ब्रो’को ट्रेलर ,सहकारीको ठगी देखि मायाप्रेम सम्म
काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। गीत र टिजर सार्वजनिक गरेसँगै चर्चामा रहेको फिल्मका निर्माण...
वेस्ट इण्डिजलाई हराएपछि ‘मनसरा’ले गुल्सन झालाई दियो ‘सट अफ द डे’
‘मनसरा’ले सिनेमा प्रचारका लागि फरकफरक शैली अपनाइरहेको छ। कवि हुँदै सिनेमा लेखन अनि त्यसपछि सिनेमा निर्देशनमा होमिएका उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमाले आफ्नो राष्ट्रव्यापी ‘कविता कन्सर्ट’लाई...
साता दिन सर्यो दयाको ‘गाउँ आएको बाटो’, जेठ २५ मा रिलिज हुने
‘गाउँ आएको बाटो’ सिनेमा आफ्नो पूर्व निर्धारित रिलिज मिति परिवर्तन गरेको छ। यसअघि अब जेठ १८ मा रिलिज हुने घोषणा गरिएको नविन सुबबा निर्देशित सिनेमामा अब जेठ २५ गते रिलिज हुने भएको छ। सिनेमाको रिलिज मिति हेरफेर भएको जानकारी काठमाडौं...
‘बोक्सीको घर’को ब्यापारले उत्साहित केकी
काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बोक्सीको घर’ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । सिनेमाका प्रचार सामाग्री बुधबार गरिएको सिनेमाको प्रिमियर शोबाट मिलेको उत्कृष्ट प्रतिक्रिया पाएपछि सिनेमाले शुक्रबारबाट आक्रामक...
‘फर्की फर्की’को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्टिक अवतार
काठमाडौँ। जेठ १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरले दर्शकको उच्च साथ पाइरहेको समयमा यसको पहिलो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । रोमन बज्राचार्य र निकिता थापाको...
जितु र नीति ‘ज्वाइँ साब’ को वर्कशपमा व्यस्त
काठमाडौँ। चलचित्र ‘ज्वाइँ साब ’को वर्कशप धमाधम चलिरहेको छ । केही दिनदेखि काठमाडौंमा चलचित्रको धमाधम वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए । राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रको छायांकन वैशाखको...