नाजीरको ‘गुलाबी’ शुभमुहर्त संगै छायाँकन सुरु



काठमाडौँ। चलचित्र ‘गुलाबी’ को छायाँकन सुरु भएको छ । शुक्रवार कास्कीको धम्पुसस्थित श्री सीता बराह मन्दीरमा शुभमुहर्तसंगै छायाँकन थालीएको चलचित्रको निर्देशन समुन्द्र भट्टले गर्दैछिन भने भद्र भुजेल एसोसीएट डिरेक्टर रहेका छन् । चलचित्रमा संचिता लुइँटेल,नाजीर हुसेन,सुशील सिटौला,विशाल पहाडी,अनुपम श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्दैछन् ।

दि स्काइ ओसन र अनुपम फिल्मसको प्रस्तुतिमा निर्माण हुने चलचित्रलाइ आलोक शुक्लाले छायाँकन गर्नेछन्। नाजिरले पारलैंगिक व्यक्तिको भूमिकामा अभिनय गर्दैछन् । चलचित्रको कथा निर्देशक भट्टको हो भने पटकथा नाजीर र राम कुमार श्रेष्ठले लेखेका हुन् । चलचित्रमा पुस्कर लामा र यम ओली प्रोडक्सन डिजाइनर रहेका छन्। चलचित्रको छायाँकन पोखरा र धम्पुसमा हुने निर्देशक समुन्द्र भट्टले जानकारी दिईन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.