दिनेश गौतमको ‘जुनकिरी’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक दिनेश गौतमको स्वरमा रहेको ‘जुनकिरी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राम कुमार एलानको शब्द र जोसेफ शाही ठकुरीको संगीत रहेको गीतमा एस के बच्चनले संगीत संयोजन गरेका छन्। भिडियोमा छोरा–बुहारी धन कमाउँन लागेपछि बृद्ध बुवाको मनमा आउँने भावलाई प्रस्तुत गरिएको छ ।

भिडियोका निर्देशक प्रिन्स डेइनिल हुन् । सार्वजनिक भिडियोमा सुरेन्द्र केसी (मुलाको साग), शारदा गिरी, बिष्णु सापकोटा, राम चन्द्र अधिकारी,लीला केसी,निशा खातुन, अमित ठाकुर र कृष्ण कान्त ठाकुरको अभिनय रहेको छ । रबिन्द्र बरालको छायांकन रहेको भिडियोलाई टेक बहादुर शाहीले सम्पादन गरेका हुन् । सार्वजनिक भिडियो ‘जुनकिरी’ लाई रामचन्द्र गौतमले निर्माण गरेका हुन् । भिडियो दिनेश गौतमको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.