‘लिलु’ मा सुदूरपश्चिमको छाउपढी प्रथा



काठमाडौं। सन् २०१८ को अगस्टमा नेपालले छाउपढीलाई गैरकानुनी घोषणा गरेपनि नेपालमा अझैपनि पुर्णरुपमा छाउपडी प्रथा हट्न सकेको छैन ।
मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपढीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ ।

यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ । तर यो कानुनले अझै पनि छाउपढी प्रथालाई रोक्न सकेको देखिँदैन । सुदूरपश्चिमका जिल्लाहरुमा अहिले पनि छाउपढी प्रथा देखिएकै कारण गीतसंगीतको तर्फबाट भएपनि सन्देश प्रवाह गर्नुपर्छ भन्ने उद्देश्यले एल.पी शर्मा र गौरव गिरीको टिमले छाउपडीकै विषयमा गीत बनाउने निर्णय ग¥यो र बन्यो ‘लिलु’ ।

एक्लै डर लाग्छ बुवा मलाई रामा साथ दिया भन्दै बेलौँना गितमा पोख्छिन् । तर उनकी आमाले वर्ष, महिना त गयो ४ दिन त यत्तिकै जान्छ, तलाई केही हुदैँन भन्दै गीतमा सम्झाउन खोज्छिन् । तर ती चेली छाउ बस्दा बलात्कृत हुन पुग्छिन् । उनको मृत्यु हुन्छ । गीतमा एल.पी. शर्मा र गौरव गिरीको शब्द छ भने पुजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको स्वर रहेको छ ।

गीतमा संगीत रोहित देउवाको रहेको छ । एचबिएन किस्मतले एरेञ्ज गरेको गीत वान डिबी स्टुडियोमा बिमल चिनालले रेर्कड गरेका हुन् । गीतमा रोशनी कार्की, पूजा देवकोटा, लक्ष्मी प्रसाद शर्मा, भद्र जंग कुवँर, मुकेश सुनार, ईब्सु सञ्ज्याल र पशुपती कुवँरको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन गौरव गिरीले नै गरेका हुन् ।

आइतबार काठमाडौंको मोजो बुटिक एन्ड रेष्टुरेन्टमा एक कार्यक्रमका बीच सार्वजनिक ‘लिलु’ गीतबारे प्रमुख अतिथि राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले छाउपढी प्रथा रोक्नका लागी सरकारी तबरबाटै जोड गर्नुपर्ने बताइन् । साथै उनले नेपाली समाजमा अझै पनि छोरा र छोरी बीचको भेदभाव रहेकाले दुवैलाई समान रुपमा लिन सबैले आफ्नो घरबाट सुरुवात गर्नुपर्ने बताइन् । उनले गीतमार्फत छाउपडी प्रथा विरुद्धको सन्देश दिएकोमा निर्माण टिमलाई धन्यवाद सँगै गीतले समाज परिवर्तनमा भूमिका खेल्नेमा विश्वास राखिन् ।

रचना गौतमले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठ, मर्यादित महिनावारी अभियन्ता राधा पौडेल, संगीतकार तथा गायक वसन्त सापकोटा, सञ्चारकर्मि डब्बु क्षेत्री लगायतले गीत हेरेर आफ्नो भनाइ राखेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.