‘ठेकीमा मदानी’मा सुधिरसँग सुपा



काठमाडौं । युट्युब बजारमा ‘ठेकीमा मदानी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।

गोविन्द अर्याल र मेलिना मैनालीको स्वर रहेको गीतको भिडियोमा मोडल सुधिर श्रेष्ठ र सुपा खनाल फिचर्ड छन् । भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको पनि अभिनय रहेको छ । सुजन पराजुलीको शब्द रचना रहेको गीतमा गायक गोविन्द अर्यालकै संगीत छ भने गीतलाई नारायण दंगालले एरेन्ज गरेका हुन् । भिडियो सुधन धितालले निर्देशन गरेका हुन् । मोहन घिमिरे निर्माता रहेको म्युजिक भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, मेहफुज अन्सारीको छायांकन एवं सुवास देवकोटाको सम्पादन रहेको छ ।

‘क्लासिक फ्रेम मुभिज’ युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.