कमेडी सिरियल ‘मालामाल’को प्रशारण सुरु



काठमाडौँ। कमेडी सिरियल ‘मालामाल’ को प्रशारण सुरु भएको छ । ओएसआर डिजिटलको प्रस्तुति रहेको सिरियलको नियमित प्रसारण ओ एस आर मुभिजमा हरेक शुक्रबार राति ८ बजे हुनेछ । सामाजिक तथा समसामयिक बिषय उठान गरेको हाँस्यव्यङ्ग्य शैलीमा आधारित यस सिरियलको परिकल्पनाकार तिलक कोइराला हुन् ।

सिरियलमा राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचार्य, निशा पाख्रिन तामाङ, ठाकु गुरुङ, चन्द्र पाण्डेय, तिलक कोइरालाको अभिनय रहेको छ। नेपालकै कान्छी स्ट्यान्डप कमेडियन सुयशा खनालको पनि अभिनय दर्शकले हेर्न पाउने छन् । दिलिप विष्टको छायाङ्कन रहेको यस सिरियलमा सङ्गीत संयोजन विनय कार्कीले गरेका छन् भने सम्पादन सन्दिप चौधरीको रहेको छ । तिलक कोइराला र चन्द्र पाण्डेयको लेखन रहेको यस सिरियलका निर्देशक सन्तोष खनाल हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.