सचिनको ‘छ भनुँ की छैन’ मा सरोज र आस्मा



काठमाडौं। गायक सचिन रौनियारले आफ्नो गीत ‘छ भनुँ की छैन भनुँ’को भिडियो दर्शकमाझ ल्याएका छन् । काठमाडौंमा एक समारोहबीच शुक्रबार यो गीतको भिडियो विभिन्न अग्रज कलाकारहरुबाट सार्वजनिक गरियो । यो गीतको भिडियोलाई कार्टुन क्रिउले बनाएको हो । कार्टुन क्रिउका सरोज अधिकारी, आश्मा विश्वकर्मा र विभिन्न कलाकारको अभिनय रहेको यो गीतको भिडियोमा बियोगान्त कथा छ ।

गीतको भिडियोलाई सरोज र सरिन पोखरेलले निर्देशन गरेका हुन् । सँकल्प भुजेलको छायाँकन र सुरज अधिकारीको सम्पादन रहेको यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई द कार्टुन क्रिउको युट्युव च्यानलबाट शुक्रबार रिलिज गरिएको छ ।

सचिनकै स्वरमा २३ वर्ष अघि रेकर्ड भएर श्रोता माझ आएको यो गीतलाई अहिले फेरी उनकै स्वरमा रेकर्ड गरिएको हो । पुन सँगीत सँयोजन गरेर यो गीतलाई रेकर्ड गरिएको यसका संगीतकार न्ह्यु बज्राचार्यले कार्यक्रममा बताए । अग्रज गीतकार भिम विरागले लेखेको यो गीतको सँगीत आफुले १० मिनटमै त्यतिबेला ट्युनिङ गरेको पनि बज्राचार्यलेले सुनाए ।

गीतको भिडियो रिलिज समारोहमा बोल्दै अग्रज गायक सँजय श्रेष्ठले धेरै अघि सुनेको यो गीत अहिले फेरी रेकर्ड भएर आउँदा अझ मिठो बनेको बताए । गायनमा सचिनले दिएको निरन्तता लोभलाग्दो भएको उनले प्रकाश पारे । सो समारोहमा बरिष्ट सँगीतकार शुभ बहादुर सुनाम, ड्रमर देव राना, अग्रज गायिकद्धय सुक्मित गुरुङ, देविका बन्दना, नायिकाद्धय शनी रौनियार, रोशनी केसी, गायकहरु जेम्स प्रधान, गणेश थापा, सुनिल उप्रेती, कविन्द्र श्रेष्ठ, शशी गुरुङ, चलचित्र निर्देशक मिलन चाम्स, सुब्रतराज आचार्य, एरेन्जर भुपेन्द्र बज्राचार्यलगायतका विभिन्न अतिथिहरु थिए । गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराईले गायक सचिन रौनियारको गायन यात्राबारे कार्यक्रममा प्रकाश पारेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.