डिपी र ममताको स्वरमा ‘मायाको मौसम’, सुधिरको जन्मदिन पारेर सार्वजनिक



काठमाडौं । गीतकार डिपी खनाल र गायिका ममता गुरुङको स्वरमा ‘मायाको मौसम’ बोलको प्रेमगीत सार्वजनिक गरिएको छ । भिडियोका मोडल सुधिर श्रेष्ठको जन्मदिन पारेर बुधबार गीत सार्वजनिक गरिएको हो ।
सदु थापा खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीतमा डिपी र ममताले स्वर दिएका हुन् । डिपीकी जीवनसंगिनी सदुको शब्द रचनामा यो पहिलो गीत हो ।

मुनालशिशिर कोइरालाको निर्देशनमा तयार भिडियोमा सुधिर र जुना कार्कीले अभिनय गरेका छन् । इलाम र झापाका मनोरम दृश्यहरुमा सुजन श्रेष्ठले भिडियोको छायाँकन गरेका हुन् । दिन्शन शाहले भिडियोको सम्पादन एवं कलर गरेका हुन् । मोडल सुधिरको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.