‘परदेशी २’ फर्स्टलुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक


काठमाडौँ। चलचित्र ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले बुधबार चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र दशैंमा प्रदर्शन गर्ने घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रको शीर्ष भूमिकामा रहेका प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा शिवाकोटीलाई प्रस्तुत गरिएको छ ।

राजेश वंशल र नारायण रायमाझी निर्माता रहेको चलचित्रको कथा रमेश बि.जी.ले लेखेका हुन् । नारायण रायमाझीले निर्देशन गरेको चलचित्रमा नीर शाह, सुशिल पोख्रेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतको पनि अभिनय छ ।

बि.बि. अनुरागीको संगीत, गोबिन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ ।