बिकेन र मेलिनाको ‘झ्याई पारी’ मा सुनिल र प्रिया (भिडियो)



काठमाडौँ। गायक बिकेन ल्वागुन र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झ्याई पारी’बोलको गीतमा शब्द दिपेन्द्र रसाइलीको र संगीत बिकेन ल्वागुनको रहेको छ। डान्सिंग नम्बरको गीतको निर्देशन तथा कोरियोग्राफी सुनिल क्षेत्रिले गरेका हुन्। नबराज उप्रेतीले छायाँकन गरेको भिडियोको सम्पादन नबिन घर्ति मगरले गरेका छन्। माघ महिना लगनको महिनामा नाच्नको लागी समसामयिक गीत भएकोले माघे संक्रान्तिको अवसरमा सार्वजनिक गरिएको मोडल तथा निर्देशक सुनिल क्षेत्रिले बताए।

सार्वजनिक भिडियोमा सुनिल संगै नरेश बिर सिंह,प्रिया अधिकारी,नविना कार्की फिचर्ड छन्। भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.