सागर, प्रिज्मा र प्रिन्सीको ‘चकलेटी स्याउ’ (भिडियो)



काठमाडौँ। गायक समिर आचार्य र गायिका स्वस्तिका ढकालको स्वरमा समावेश ‘चकलेटी स्याँउ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दिनेशराज पुरीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । यो गीतलाई अर्जुनले रोमान्टिक शैलीमा तयार पारेका छन् । गीतका केही शब्दहरुले दर्शक तथा श्रोताको ध्यान तान्न सक्छ ।

गीतको भिडियोमा कलाकार सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ । तिनै जना कलाकार भिडियोमा डान्सिङ मुडमा देखिएका छन् । शान थापाले यो भिडियोको निर्देशन गरेका हुन् । मनोज बस्नेतको लगानीमा बनेको भिडियोमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.