‘सरर’ गाउदै लिंगे पिङमा भेटिए पुजा र पुष्प (भिडियो)



काठमाडौँ। नेपालीहरुको महानपर्व दशैँ, तिहार नजिकिए संगै यससंग सम्बन्धित गीतहरु रिलिज हुने क्रम बढेको छ, यस्तैमा पछिल्लो समय गीत गायनमा निकै सक्रियता साथ लागिरहेकी गायिका रानी शाक्यले दशैँ, तिहार गीत ‘सरर’ सार्वजनिक गरेकी छिन । गीतकार राजेश शाक्यको शब्द रचना र कल्याण सिंहको संगीत रहेको गीतको भिडियोमा लोकप्रिय नायिका पुजा शर्मा र नायक पुष्प खड्काको साथमा बालकलाकार नेरिश्का स्थापितको अभिनय रहेको छ ।
ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी ,विजयराज भुर्तेलको सम्पादन र देव धिमालको निर्देशन रहेको भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) आइतबार सार्वजनिक गरिएको हो ।

गीतलाइ संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको पनि संगै रिलिज गरिएको छ । रानी शाक्यको पछिल्लो समयमा धेरै गीतहरू चर्चित रहेका छन। हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.