रामकृष्णको ‘तिमी मेरी हुन सकिनौ’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गीतकार नरेश प्रधानको शब्द रचना, गायक रामकृष्ण ढकालको स्वर तथा संगीतकार दिपक शर्माको संगीत सिर्जना रहेको ‘तिमी मेरी हुन सकिनौ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंको बालाजुस्थित एनएफडिसीमा आयोजित कार्यक्रममा उक्त म्युजिक भिडियोसंग सम्बन्धित कलाकार एवं संगीतकर्मीहरुको उपस्थितीमा भिडियो सार्वजनिक गरिएको हो । रिदम कंडेलको संगीत संयोजन रहेको उक्त गीतलाई साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारीले ध्वनी मुद्रण तथा मिश्रण गरेका हुन् भने गीतलाई फुर्बा पाख्रिन तामाङले रेकर्डिङ गरेका हुन् ।

मनोज राजभण्डारीको निर्देशन रहेको उक्त वियोगान्त प्रेमकथामा आधारित म्युजिक भिडियोमा मोडल निराजन प्रधान र करुणा श्रेष्ठको अभिनय हेर्न सकिन्छ । भिडियोमा दिपेन बस्नेत र सास्वत श्रेष्ठको छायाँकन तथा मेरोन राजभण्डारीको कथा एवं सम्पादन रहेको छ । एनएफडिसीको पोष्ट प्रोडक्सन रहेको भिडियोमा किमत गौतमले प्राविधिक निर्देशन, श्रीकृष्ण श्रेष्ठले भिएफएक्स र मित्र डि. गुरुङले कलर करेक्सन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.