पुर्ण लिम्बुको ‘जीवन एउटा बगैंचा हो’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक पुर्ण लिम्बुको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। जिन्दगीको कथा बोल्ने ‘जीवन एउटा बगैंचा हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोले बाल्यकाल, बृद्धअबश्था र प्रेमको चित्रण गरेको छ ।

भरत लोहोरुङ राईको शब्द रहेको गीतमा संगीत प्रेमकृष्ण बजगाईले गरेका हुन् । भिडियोमा गायक पुर्ण लिम्बुको साथमा दिनेश कोइराला, पुजा दाहाल र शुवर्ण तामाङ फिचर्ड छन् । सुमन तामाङले भिडियोको छायाँकन तथा निर्देशन गरेका हुन् भने भिडियोको सम्पादन हेमन तामाङले गरेका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.