स्वास्थ्यकर्मीको अवस्था चित्रण गर्ने डा.रणजीतकुमार झाको ‘नसोध मलाई’ सार्वजनिक



काठमाडौं। कोभिड–१९ बाट संक्रमित विरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियतापूर्वक खटिएका वरिष्ठ चिकित्सक डा.रणजीत कुमार झा कुशल गायक तथा संगीतकार पनि हुन् ।

लामो समयदेखि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत डा.झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरुको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सम्मानमा एउटा गीत गाएका छन ।

‘नसोध मलाई’ शीर्षकको सार्वजनिक गीतमा संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा मात्र चित्रण गरिएको छैन, चिकित्सकहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर पनि बिरामीको उपचारमा खटिएका छन् भन्ने सन्देश बोकेको छ । सार्वजनिक गीतमा शब्द गिरिराज निरौलाको र डा.झा तथा गीतकार निरौलाको संगीत रहेको छ ।

गीतमा महाराज थापाको संगीत संयोजन छ भने साजन शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् । भिडियोमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ ।

महेश खड्का तथा सुशिला थापाले अभिनय गरेको भिडियोमा गायक डा.झा पनि प्रस्तुत भएका छन् । भिडियोमा अस्पतालमा उपचाररत संक्रमितहरुलाई पनि चित्रण गरिएको छ । मुकेश हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोमा निर्देशक निशान कश्यपकै रंग संयोजन तथा सम्पादन रहेको छ । सार्वजनिक भिडियो डा.झाकै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.