
काठमाडौँ। राम सिटौलाको शब्द तथा संगीतमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। शैलेन्द्र मुढभरीको आवाज रहेको गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ। डान्सिङ्ग बिटको रमाइलो गीतमा कार्टुन क्रूका सरोज अधिकारी र आश्मा बिस्वकर्मा फिचर्ड छन्।  भिडियोमा सरोज र आश्मासँगै पेम्बा मगर, सन्देश थापा र विजय अधिकारीको नृत्य समाबेश छ । 
सरोजकैै कन्सेप्ट र निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईंको छायाँकन र सरोजको सम्पादन छ । कार्टुन क्रूको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक भिडियो यति बेला यु ट्युब ट्रेण्डिङमा छ।



							
							
							
							
							
							