काठमाडौँ। ‘एक्लै हुदाँ परदेशमा’बोलको गीत सार्वजनिक भएको छ । बिदेशीएको यूवाको कथामा निर्माण भएको भिडियोमा हो । गरीबीका कारण बिदेश जानुपर्ने बाध्यता र त्यसले परिवारसँग छुट्टिनुपर्ने अवस्थालाई भिडियोले चित्रण गरेको छ ।
कोरीयामा कर्म गरिरहेका चलचित्रकर्मी सरोज सुब्बाले भिडियोको कन्सेप्ट बनाएका हुन् । सरोजको कथामा साहिल खानले भिडियोको निर्देशन गरेका छन् ।
गीतमा शब्द तथा स्वर कमल राईको रहेको छ । गीतको संगित तारा प्रकाश लिम्बूले गरेका हुन् । भिडियोमा पल शाह र गौरी मल्लको अभिनय रहेको छ ।
गौरी मल्लले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेको बताएकी छिन् । भिडियोमा बाल कलाकार मुमिन कायस्थलाई पनि देख्न सकिन्छ । भिडियो सुमी राईले निर्माण गरेकी हुन् । अर्जुन तिवारीले खिचेको भिडियोको सम्पादक मिलन श्रेष्ठले सम्पादन हुन् ।