बिना अनुमति कभर भिडियो, ओरिजिनल भिडियो भन्दा कभर हिट



काठमाडौँ। नेपाली सांगीतिक आकाशमा हिट गीतहरुको कभर भिडियो बन्ने क्रम चलिनै रहेको छ, तर हिट गीतको कभर भिडियो अथवा अडियो बनाउँदा गीतको बास्तबिक सर्जक अथवा गीतको एकाधिकार भएको कम्पनिलाई जानकारी गराई श्रोत र सौजन्य साभार गर्नु पर्ने हुन्छ । तर केहि दिन अघि सार्वजनिक भएको ट्रि ईन्टरटेनमेन्ट द्वारा निर्माण गरिएको निर्देशक दिपेश सापकोटा निर्देशित ‘आकाशैको छाना मुनि’ बोलको गीत सर्जकलाई बिना जानकारी गराई निर्माण गरेकोले आफुलाई घाटा लागेको बताए ।

बिश्व नेपाली र अस्मिता परियारको स्वर रहेको गीतलाई निर्माण कम्पनीले ठुलै बजेट खर्च गरेर निर्माण गरेको छ । स्मारिका समारिका ढकाल युटुब च्यानलले बिना अनुमित कभर भिडियो निर्माण गरेर अपलोड गरेको ट्रि ईन्टरटेनमेन्टले बताएको छ । ट्रि ईन्टरटेनमेन्टले आफ्नो एकाधिकार भएको गीत अन्यले प्रयोग गरेको थाहा पाएपछि कानुनि उपचारमा लाग्ने बताएको छ ।

स्मरण रहोस प्रतिलिपि ऐन अनुसार यस्तो कार्य गर्ने गराउनेलाई कडा कारवाही र जरिवानाको प्रावधान रहेको छ। हाल कभर भिडियो निर्माणको क्रमले गर्दा असली श्रष्टा र सर्जक धेरै नै घाटा पर्ने गरेको छ । यस्तो खालको घटना दैनिक जस्तो रोयल्टी समाज , संगीतकर्मी संघ र गीत संगीतको क्षेत्रमा क्रियाशील अन्य निकायहरुमा उजुरी पर्ने गरेको छ। पटक पटक हुने श्रष्टा माथिको यस्तो प्रहारले संगितिक क्षेत्रमा व्यसायिक रुपमा लाग्नहरुलाई निरुसाहित पार्नुका साथै नेपाली संगितमै लाग्न चाहाने हरुमा नैराश्यता छाउने छ।

Copyright © 2012 - 2026 | All Right Reserved.