चलचित्र संघद्धारा पौष १० गतेदेखि हल खोल्ने निर्णय



काठमाडौं। सरकारले पूर्ण रुपमा लकडाउन खारेज गर्दा पनि सिनेमा हल नखोल्दा सिनेमाकर्मीहरु आक्रोशित भएका छन् । बारम्बार सिनेमा हल खोल्न अनुरोध गरेपनि सरकारले चासो नदिएपछि नेपाल चलचित्र संघले पौष १० गते देखि सिनेमा हल खोल्ने निर्णय गरेको छ ।

चलचित्र संघले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरकारलाई दबाब दिने निर्णय गरिएको हो । ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको चलचित्र क्षेत्र हो । वर्तमान समयमा लकडाउन पूर्णरुपले हटाई मुलुकभर हवाई यातायात, बस व्यवसाय, होटल, रेष्टुरेन्ट, मन्दिर, चिडिया घर, व्यापार व्यवसाय तथा सम्पूर्ण उद्योग कलकारखाना पूर्णरुपमा सञ्चालनमा आइसकेकाले चलचित्र विकास बोर्ड र नेपाल चलचित्र संघले चलचित्र क्षेत्र चलायमान बनाउन चलचित्र विकास बोर्डको मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समक्ष पेश गरेका थियौं ।

तर सरकारले आजसम्म पनि चलचित्र घर सञ्चालन गर्न विषयमा चासो नदिएकाले संघले बाध्य भएर स्वास्थ्य मापदण्ड अपनाउदै पौष १० गते देखि हल सञ्चालन गर्ने तथा चरणबद्ध रुपमा आन्दोलन गर्ने निणय भएको छ’ उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त प्रेस विज्ञप्तिमा मनोरञ्जन कर खारेज गर्ने लगायत चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउने पर्ने माग गरिएको छ। सरकारले भने हालसम्म सिनेमा हल खोल्न अनुमति दिएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.