लण्डनबाट धन किरणको ‘तिमि र म’ सार्वजनिक (भिडियो)



काठमाडौँ। लामो समय देखि लण्डन बस्दै आएका धन किरण गुरुङले लण्डन बाट नै नयाँ गीत सार्वजनिक गरेका छन्। धन किरण गुरुङकै शब्द,संगीत तथा स्वर रहेको ‘तिमि र म’ बोलको गीत सार्वजनिक गरिएको हो। अल्का गुरुङले निर्माण गरेको भिडियोमा धुर्ब दत्त र रिया लिम्बु फिचर्ड छन्। सुमन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रभु गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। सुशील गुरुङले सम्पादन गरेको भिडियोलाई नबिन निरौलाले कलर संयोजन गरेका छन्।

डिजी प्रोडक्सनले निर्माण गरेको भिडियोमा जीवनको पलहरुमा आफुले सोचेको सपनाहरु सधै पुरा नहुन पनि सक्छ जस्तै आफुले बनाएको मित्रता अनि साथी पनि मायामा परिणत हुने धेरै भनाईहरु छन, तर केही परिस्थिती र समयको क्षणमा मायाको ठुलो आशा र भरोशाहरु निरासामा बदल्न पनि सक्ने जिन्दगीको चित्रण गरिएको छ । बेलायतका पहिलो नेपाली काउन्सलर समेत रहेका गुरुङको थुप्रै गीत सार्वजनिक भई सकेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.