हेमन्त शर्मा भन्छन्, – नयाँ कलाकारसँग ‘टाइअप’ गरेर काम गर्दा धेरै कुरा जानिँदोरहेछ


काठमाडौं । गायक हेमन्त शर्माले नयाँ पुस्ताका कलाकारहरुसँग काम गर्दा धेरै कुराहरु सिकिने बताएका छन् । उनि आफूहरुलाई ‘सर्भाइभ’ गर्नका लागि पनि नयाँ पुस्ताका कलाकारहरुसँग काम गर्नुपर्ने बताउँछन् ।

हेमन्तले हालै पछिल्लो समयकी लोकप्रिय गायिका एलिना चौहानसँग नयाँ गीत गाएका छन् । ‘तिमी बाहेक मेरो कोही छैन’ बोलको गीत आईतबार सार्वजनिक हुँदैछ ।

शनिबार एलिनासँग फेसबुक लाइभमा आएका हेमन्तले भनेका छन्, ‘यी बहिनीहरुलाई नयाँ पुस्ताको बारेमा सबै कुरा थाहा हुँदो रहेछ । अनि हामीलाई लामो समयसम्म ‘सर्भाइभ’ गर्नका लागि पनि यी बहिनीहरुसँग ‘टाइअप’ गरेर काम गर्यौ, सिक्यौँ भने धेरै कुरा जानिँदोरहेछ ।’ उनले बलिउड अभिनेता अमिताभ बच्चनले पनि नयाँ कलाकार तथा निर्देशकसँग काम गर्ने गरेको बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.