शृजन भट्टराई(काकु) र पुरुषोत्तम सिग्देलको दोश्रो भिडियो सार्वजनिक



काठमाडौँ। भिडियो शेयरिङ्ग साइट टिकटकको लोकप्रीयता र टिक टकमा सक्रिय व्यक्तिहरु म्युजिक भिडियोमा देखिने क्रम बढ्न थालेको छ । सामाजिक संजाल टिकटकमा सक्रिय र राम्रो फलोवर्स कमाएका शृजन भट्टराई(काकु),पुरुषोत्तम सिग्देल,अश्मिता दाहाल,सुमन भट्टराई,रोजी आचार्य,सबिन श्रेष्ठ (ड्यामेज),सुष्मा सुबेदी लगाएतको अभिनय रहेको भिडियो’टिक टकमा हेरेर फलो गरन’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा अभनिस भट्टराई र नेहा शर्माको स्वर समाबेश छ । अभनिस भट्टराईको यो दोश्रो गीत हो। सार्वजनिक गीतमा सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ। सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोलाई सन्तोष राज वाहकले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन्। विकाश ज्ञवालीले सम्पादन तथा कलर करेक्सन गरेको भिडियो काकु इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको हो।

Copyright © 2012 - 2026 | All Right Reserved.