समिक्षा र बिक्रमको गीतमा गौरव र आशा (भिडियो)



काठमाण्डौ। ‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यत्ती जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’ लगायतका गीतका रचनाकार तथा संगीतकार शिव सुवेदीको शब्द/संगीत रहेको नयाँ लोक गीतको भिडियो रिलीज भएको छ । ‘बाँचेको छु धन्न’ बोलको यस गीतमा चर्चित गायिका समिक्षा अधिकारी र गायक बिक्रम परियारको स्वर रहेको छ ।

गीतको भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काको जीवन्त अभिनय रहेको छ । देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटना पछि छुटेको प्रेम जोडीको कथा देखाईएको छ । प्रेमीकाको यथार्थ नदेखेका प्रेमीको शंका र अचानक भएको भेटपछिको अवस्थालाई बब्लुले सुन्दर तवरले भिडियोमा उतारेका छन् । भिडियोका छायाँकार अनिल कृष्ण मानन्धर हुन् भने सम्पादन प्रविण भट्टले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.