डीआरको ‘गए तिम्रा यादहरू’मा राजसागरको आवाज (भिडियो)



काठमाडौँ। गीतकार डा. डीआर उपाध्यायले गायक राज सागरको स्वरमा आफ्नो नयाँ गीत ‘गए तिम्रा यादहरू…’ को भिडियो सार्वजनिक गरेका छन् । एक पछि अर्को सृजना सार्वजनिक गर्ने क्रममा विश्व कीर्तिमानी गीतकार उपाध्यायले यसपटक बियोगान्त गीत ल्याएका छन् । ३२ वटा विश्व रेकर्ड राखेका गीतकार उपाध्यायका गीतिसँग्रह पनि ३२ वटै छन् ।

यो गीतको भिडियोलाई रोशिकको निर्देशन, छायाँकन र सम्पादन गरेका छन् । भिडियोमा एउटा मोटरसाईकल मिस्त्रीले मन पराएकी युवती (नर्स)लाई डक्टरले मन पर्राएपछि ती मिस्त्रीको छाट्पटी र प्रैमपीडा प्रस्तुत गरिएको छ । भिडियोमा नयन सिंह, पुरूषोत्तम सानु, रूपा सुनार, रजिना भित्रीकोटीलगायतले अभिनय गरेका छन् । यो गीतलाई अहिलेका युवा गायक तथा सँगीतकार राज सागरले गाएका छन् । जसमा शाहस शाक्यको सँगीत सँयोजन र दीप घतानीको मिक्सिङ तथा माष्टरिङ रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.