अभिनेत्री नीता ढुंगानाको आवाजमा गणेश भजन सार्वजनिक (भिडियो)



काठमाडौँ। अभिनेत्री नीता ढुंगानाले गायन विधामा हात हालेकी छन्। नीताको स्वरमा धार्मिक गीत ‘श्री गणेश भजन’ सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा नीता स्वयम् फिचर्ड छिन । गणेश भजनमा दिनेश न्यौपानेको संगीत तथा संगीत संयोजन रहेको छ।रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा संजय लामाको छायांकन र बनिश शाहको सम्पादन रहेको छ । नीताले भिडियोआफ्नै युट्युब च्यानल ‘नवनीता इन्टरटेनमेन्ट’बाट सार्वजनिक गरेकी छन् ।

पहिलो गीत भजन नै किन ? भन्ने प्रश्नमा उनि भन्छिन ‘हिन्दु धर्म र भक्तिभाव मेरो बच्चादेखिको सोख हो । गणेश भगवानको अनुयायी भएकाले पनि गायन यात्रा यहिबाट सुरु गरेँ । नेपाली संस्कार अनुसार प्राय: काम सुरु गर्दा गणेशको नै पूजा गरिन्छ । त्यसैले पनि गायनको सुरुवातमा गणेश जीको भजन मेरो प्राथमिकतामा परेको हो ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.