दयाहाङ र आँचलले पहिलो पटक स्क्रिन शेयर गरेको भिडियो सार्वजनिक



काठमाडौँ। राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘त्यो तिमि हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ। रचनाकार निर्मला राई ‘परिवेश’ले थुप्रै चलचित्रका गीत तथा एल्बमका गीतहरु लेखि सकेकी छन्। मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मा फिचर्ड छन्।

महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुदिप बरालले छायाँकन,प्रज्वलित पराजुलीले सम्पादन र जुनीम गहतराजले कलर संयोजन गरेका छन् । भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन्। भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियोको यसरि छायांकन गरिएको थियो हेर्नुस सुटिंग रिपोर्ट

Copyright © 2012 - 2026 | All Right Reserved.