‘पिरती नलाम मयाँ मन पोल्छ’ सार्वजनिक


काठमाडौं। ‘पिरती नलाम मयाँ मन पोल्छ’को अफिसियल भिडियो सार्वजनिक गरिएको छ । यो गीतको टुक्का छोटो समयमै टिकटकमा भाइरल भएको थियो । बिहीबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द कोरेका हुन् विमल अधिकारीले। गीतमा अर्जुन सापकोटा, पूर्णकला वि.सी., जय देवकोटा र यज्ञ सापकोटाको स्वर छ । संगीत पनि गायक अर्जुन, जय र यज्ञको रहेको छ । गीतमा सञ्जय श्रीपालीको एरेञ्ज, हेमन्त कान्छा रसाईलीको सारंगी, कुमार सानु पुनको मिक्सिङ्ग छ ।

विमल अधिकारीको निर्देशनमा बनेको भिडियोमा विमल नै शीर्ष भूमिकामा अभिनय गरेका छन् । साथमा साया भण्डारी, कृष्ण बा, विष्णु भण्डारीको अभिनय छ। एक सम्पन परिवारकी छोरीको आफ्नै घरमा कामदारको रुपमा काम गर्ने युवकसंगको प्रेमकथालाई भिडियोमा उनिएको छ । भिडियोलाई राजेश घिमिरेले छायांकन तथा दीपक विष्टले सम्पादन गरेका हुन् ।

भिडियो भावना म्युजिक सोलुसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.