विनोदको राष्ट्र प्रेम र रास्ट्रियता बोकेको ‘कालापानी'(भिडियो)



सेलिब्रेटी नेपाल,काठमाडौं । गायक विनोद ढकालको स्वर, शब्द तथा संगीत रहेको गीत ‘कालापानी’ को भिडियो सार्वजनिक गरिएको छ । उनले यो गीत शास्त्र ब्याण्डमार्फत ल्याएका हुन् । होमवर्क रेकर्डस नेपालको प्रस्तुतिमा निर्माण भएको भिडियोमा स्वयम गायक ढकालको निर्देशन छ । ब्याण्डमा गायक विनोदसँगै ड्रम प्रिकसनमा सुन्दर महर्जन, बेस गितारमा श्याम महर्जन, लिड गितारमा दिपेश सिंह छन् । सार्वजनिक गीतमा राष्ट्र प्रेम र रास्ट्रियताको भाव पाइन्छ।

प्रमोद परियारको एरेन्ज तथा प्रदिप जोशीको मिक्सिङमा तयार भएको गीतको भिडियोमा अरुण अशोक कुमार तथा कुवेर तामाङको छायांकन, लक्ष्मण सुनारको सम्पादन छ । भिडियो गायक ढकालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.