गरिमाको तीज गीतमा कोरोनाका कारण माइत जान नपाएको पिडा (भिडियो)



सेलिब्रेटी नेपाल, काठमाडौँ। कोरोना भाइरसको महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज गीत ‘फेरि पनि आयो तीज’ को भिडियो यूट्युबमा सार्वजनिक गरिएको छ । गरिमा हुमागाईंको स्वरमा रहेको गीतमा पुष्पा घिमिरेको शब्द र राम कार्कीको संगीत रहेको छ ।

कोरोना भाइरसको संक्रमणले जनजीवनमा पारेको असरलाई गीतमा उतारिएको छ । रिभान राईको निर्देशन रहेको गीतको भिडियोमा शान्त कार्कीको कोरियोग्राफी छ । अधिनायक मान शेरचनको सम्पादन रहेको गीतको भिडियोलाई सागर गौतमले खिचेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.