(सेलिब्रेटी नेपाल) ८ बैशाख-आज भन्दा १५ बर्ष अघि सुपरहिट बनेको चलचित्र करोडपतिको दोस्रो भाग करोडपति-२ बन्ने भएको छ । नायक भुवन केसीले नै निर्देशन गर्ने यस चलचित्रमा नायकको रुपमा भने उनकै छोरा अनमोल केसी रहने भएका छन् । जेठको दोस्रो साता सुटिङ सुरु हुने चलचित्रको स्क्रिप्ट काम भइरहेको छ। यस चलचित्रका लागि पुरानै करोडपतिका लेखक ब्रजेश खनालले कथा तथा पटकथा लेख्ने भएका छन् ।हाल लोकेसन हेर्नमा व्यस्त भएकाले अन्य कलाकारहरु फाइनल भइसकेका छैनन्। करोडपतिको तुलनामा युवा पुस्ताको कथा चलचित्रमा समावेश गरेको छु। त्यसैले अनमोलले गेटअप पनि परिवर्तन गर्नेछन्। फिल्ममा दुई पुस्ताका कथालाई प्रस्तुत गरिनेछ,’ भुवन केसीले भने। चलचित्र काजोल्स फिल्मस्बाट निर्माण हुन लागेको हो। आगामी जेठ दोस्रो सातादेखि छायांकन सुरु गरिने यस चलचित्रको लोकेसन भने काठमाडौँ र मलेसिया हुने भएको छ ।
सम्बधित पोस्टहरु
‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र रहस्यपूर्ण कथा
प्रियंका कार्की र सिम्रन खड्कालाई भावुक मुद्रामा प्रस्तुत गरिएको छ।
‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो
काठमाडौं । चीनमा सम्पन्न नेपाल एभरेस्ट फिल्म फेस्टिभल अन्तर्गत आयोजित नेपाली चलचित्र सप्ताहका उत्कृष्ट स्रष्टा तथा चलचित्रलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच कुल १० हजार अमेरिकी डलर बराबरको नगद पुरस्कारसहित सम्मान गरिएको छ।...
निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
कलाकार कोपिला थापा करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्।
चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक
मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्र ‘कमला मिस’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
‘गौँथली’लाई दर्शकको साथ, सिनेमाका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक नगर्न निर्देशक रिजालको आग्रह
काठमाडौं । प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गर्दै सकारात्मक लय समातेको छ। प्रदर्शनको पहिलो दिन (शुक्रबार) औसत व्यापार गरेको चलचित्रले शनिबारदेखि दर्शकको उल्लेखनीय साथ पाएपछि व्यापारमा...
‘चमेलीको पोइ’ मा सुरक्षा चमेली बन्दा शेरे बने मुकुन
अभिनेता मुकुन भुसालले केही निर्देशकले अफर गरेको भए तापनि यो नै सुरक्षासँग अभिनय गर्न पाएको पहिलो फिल्म भएको बताए



