प्रताप दासले गाए सापकोटाको नयाँ गीत ‘जात’ (भिडियो)



सेलिब्रेटी नेपाल । कलाकार तथा सञ्चारकर्मी चिरञ्जीवी सापकोटा (जिविचिरन) ले नयाँ गीत ‘जात’को भिडियो सार्वजनिक गरेका छन् । रुकुम-जाजारकोट घटनापछि मुलुकमा जातिय विभेदको विषय उत्कर्षमा पुग्दै गर्दा उनले गीतमार्फत जातीयरुपमा गरिने विभेदको कुरा उजागर गरेका छन्।

गीतमा जिविचिरन, गायक प्रताव दास र प्रविन भट्टको आवाज छ, भने ललित पौडेलको शब्द तथा ओम सुनारको संगीत रहेको छ । गीतको भिडियोमा अभि सुनार, गीता ढुंगाना र रविन्द्र सुवेदिको अभिनय छ । जिविचिरनले नै निर्देशन गरेको भिडियो आहा टिभीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकै क्रममा उनले यसअघि ‘भाग कोरोना’ तथा भारतसँग सीमा विवादको विषय उठेका बेला ‘इतिहास’ बोलको गीत सार्वजनिक गरेका थिए । सापकोटाले गीतमा समाजमा अझै पनि जातको आधारमा भेदभाव गर्न हुँदैन भन्ने चेतना अभिवृद्धि नभइसकेका कारण आम मानिसमा विभेद गर्न नहुने विषयको जानकारी दिने उद्देश्यले गीत निर्माण गरिएको बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.