मेचु धिमालको कौरा गीत, लाहुरे संगको मायाप्रीति सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल । द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमालको भ्वाइसको सफल यात्रा पछिको पहिलो गीत भिडियो सार्वजनिक गरिएको छ। लोकभाकामा बनेको यो उनको पहिलो एकल गितको म्युजिक भिडियो हो । भिडियोमा गायिका मेचु आफैले अभिनय अनि नृत्य गरेकी छिन । भिडियोमा मोडल सुजन मार्फा तामाङले उत्कृस्ट नृत्य गरेका छन् । मौलिक गीतलाइ मगर समुदायले कान राहा ( हामि आयौ ) बाट अप्रभंश हुँदै कौरा भएको भन्ने मानिन्छ ।

लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत रहेको गीतमा संगीत संयोजन देवेश राईले गरेका छन् । अनिल के मानन्धरले छायांकन गरेको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । प्रविन भट्टले सम्पादन गरेको भिडियो मेचु धिमालको आफ्नै अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.