आमिर र साहरुख अब एकै चलचित्रमा



बलिउड अभिनेता आमिर खान र शाहरुख खानबीच कुनै दुस्मनी छैन । तर अझसम्म यि दुई नायकले सँगै भने काम गरेका थिएनन् ।तर अब यि दुईलाई एकसाथ फिल्ममा देख्न सकिने भएको छ । भारतीय सिनेमाले १०० वर्ष पूरा गरेको अवसरमा फिल्म ‘बम्बे टाकिज’ प्रदर्शन गरिने भएको छ ।यसै फिल्मको एक विशेष गीतमा शाहरुख र आमिरसँगै देखिने भएका हुन् । बलिउडले सय वर्षको फड्को मारेको अवसरमा तयार पारिएको यो चलचित्रको गीतमा उनीहरु एक साथ देखिने भएका हुन् ।

आमिरले उक्त गीतको सुटिङ भ्याइसकेका छन् भने शाहरुखले व्यस्तताको बाबजुद सुटिङ भ्याएका छैनन् । बम्बे टाकिजमा रानी मुखर्जी, नवाजुद्धीन सिद्धीका, कट्रिना कैफले पनि अभिनय गरेका छन् ।साहरुख र आमिर को यो केमेष्ट्रिलाई दर्शकले पर्खेर बसेका छन् । एउटा गीतमा भए पनि सँगै देखिन लागेका साहरुख र आमिरले २ घन्टाको सिनेमामा भने सँगै काम कहिले गर्ने हुन्, त्यो सबैका लागि पर्खाइको बिषय बनेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.