जाजरकोट घटनामा आधारित सुमिरनको ‘के भयो लौन भेरीमा’ (लिरिकल भिडियो)



सेलिब्रेटी नेपाल । केही समयअघि पश्चिम नेपालको रुकुम र जाजरकोट जिल्लामा भएको नवराज बिक तथा उनका साथीहरुको हत्याकाण्ड मानिसले बिर्सिएका छैनन् । यतिबेला सामाजिक सञ्जाल, यूट्युब, अनलाइन, रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा समेत रुकुमको क्रुर हत्याकाण्डको चर्चा चलिरहेको छ ।

यही मेसोमा त्यही घटनामा आधारित एउटा अति नै कारुणीक गीत तयार भएको छ ‘के भयो लौन भेरीमा…’ शीर्षकमा । उक्त गीतलाई संगीतकर्मी राजन ईशानकी छोरी बाल गायिका सुमिरन राणाले मीठासपूर्ण शैलीमा गाएकी छिन् ।

रुशी सेन सिंहको नेतृत्वको उक्त गीत तथा लिरिकल भिडियोमा स्वर्णीम महर्जनको वाँसुरी, कोविद बज्रको सारंगी, स्नेहा राणाको चित्रकला, जीवन भाईको ग्राफिक्स तथा संयोजन तथा राजन ईशानको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ छ । उक्त गीतका शब्दहरु भूपालले रचना गरेका हुन् भने संगीत पनि उनैले दिएका हुन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.