कोभिड १९ को महामारीमा पनि काम गर्ने प्रति समर्पित गीत ‘धन्यबाद’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ । हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्व अस्तित्वको लडाईंमा छौं । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ । यसको सिधा मार काम गरिखाने बर्गलाई परेको छ १ दिनभर काम गरेर साँझ बिहानको गर्जो टार्ने मजदुर ज्यामी किसानलाई अहिले दैनिकी चलाऊनै हम्मे हम्मे परेको छ ।

यो अवस्थामा पनि डटेर आफ्नो काममा लागि रहेका बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई धन्यबाद दिंदै मोटिभेसनल गीत सार्वजनिक गरिएको छ। सिन्चुरी सुरेश घमालको शब्द रचना रहेको गीतमा संघर्ष सत्ता कृष्णको स्वर संगीत र संगीत संयोजन रहेको छ । सिन्चुरी सुरेश घमालले निर्देशन गरेको भिडियो सुदिप श्रेष्ठले सम्पादन गरेका छन् । सार्वजनिक गीतको भिडियोमा थुप्रै कलाकारले साथ दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.