एउटै म्युजिक भिडियोमा पल र प्रदीप (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: कोरोना भाइरसका कारण यतिबेला कलाकारहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाले समाजमा एक खाले त्रास फैलाएको छ । यसैबीच सत्य र स्वरुपको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘सुनौलो बिहानी फर्किनेछ’ बोलको गीतमा सत्यराज आचार्य र स्वरुपरा आचार्यसँगै प्रताप दास र प्रविशा अधिकारीको पनि स्वर सुन्न सकिन्छ ।

गीतमा समस्यामा परेका नेपाली जस्तोसुकै कठिन परिस्थितिमा पनि अगाडि बढ्न सक्ने र छिटै सुनौलो बिहानी फर्किने भाव प्रस्तुत गरिएको छ । गीतको भिडियोमा प्रदीप खड्का, पल शाह, क्रिष्टिना गुरुङ, प्रविशा, प्रदास दास, सन्तोष सेन, अशोक शेरचन, सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई फिचर्ड गरिएको छ ।

यस्तै गीतमा एलिस कार्की र प्रमोद निर्वानको संगीत छ भने अशोक शेचरनका शब्द छन् । शैलेन्द्रमान प्रधानले एरेन्ज गरेको गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.