अर्जुन र सुजाताको ‘बाजा बजाउँदै’ ट्रेन्डिङमा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:संगीतकार एवं गायक अर्जुन पोखरेलको नयाँ गीत ‘बाजा बजाउँदै’ भिडियो प्लेफर्म युट्युबमा ट्रेन्डिङमा परेको छ । एक साता अघि सार्वजनिक भिडियो ट्रेन्डिङमा परेको हो । अर्जुन पोखरेल र सुजाता केसीको आवाजमा रहेको गीतमा लोकराज अधिकारीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा हास्य टेलिशृङ्खला ‘सक्किगोनिका कलाकार बले उर्फ सागर लम्साल तथा भाइरल टिकटक गर्लद्वय प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको म्युजिक भिडियो दिपक विष्टले सम्पादन गरेका छन् । म्युजिक भिडियो सुशील शर्माले निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.