कोरोना भाइरस नियन्त्रण राहत कोषमा कलाकार संघले नगद एक लाख एक हजार दिने


सेलिब्रेटी नेपाल

काठमाडौँ:नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा नेपाल चलचित्र कलाकार संघले नगद एक लाख एक हजार दिने घोषणा गरेको छ। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले उक्त सहयोग गर्न लागेको जानकारी दिए । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाल पनि प्रभावित बनेको छ ।

अध्यक्ष खड्काले अरुलाइ पनि यो विपदको बेला सहयोग गर्न अनुरोध गरेका छन् । बलिउडका कलाकारले भारत सरकारको कोषमा सहयोग गरेको समाचार आइ रहँदा नेपाली सेलिब्रेटीहरु कता गए भन्दै धेरैले सामाजिक सन्जालमा स्टाटस समेत लेखेका थिए । कलाकार संघले राम्रो सुरुवात गरेको छ अब अन्य सेलिब्रेटीहरुले पनि आफुले सकेको सहयोग गरे अझै राम्रो हुने थियो ।

Copyright © 2012 - 2026 | All Right Reserved.