प्रियंका र आयुष्मानको बिबाह सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौं: अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिबाह गरेका छन्। लामो समयदेखि प्रेममा रहेका उनीहरुले बिहीबार अदालतमा गएर कानुनी रुपमा बिबाह गरेका हुन्। बिबाहका लागि जिल्ला अदालत ललितपुर पुगेका उनीहरुले अदालतमा एक अर्कालाई माला लगाएका थिए।

उनीहरुले अदालतमा परिवारका सदस्यहरुका बीचमा बिबाह सम्पन्न गरेका हुन्। प्रियंकाले कार्कीले इन्स्टाग्राममा बिबाहको तस्विर सेयर गरेकी छिन्। केही दिनदेखि बिबाहको चर्चामा रहेका उनीहरु ब्याचलर्स पार्टी र मेहेन्दीमा रमाइरहेका थिए। उनीहरुले आफन्त र साथीहरुलाई शुक्रबार साँझ पार्टीको आयोजना गर्दैछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.