सुनिलको कौरा गीत ‘जाम क्यारे माया’लाइ दर्शकको साथ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: चर्चित गायिका मेलिना राई र लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ सार्वजनिक केहि दिन अघि मात्रै सार्बजनिक भएको छ । भिडियोले दर्शक श्रोता बाट राम्रो प्रतिक्रिया पाउन सफल बनेको छ। यो समाचार तयार पार्दा सम्म भिडियोले १३ लाख २८ हजार भन्दा बढी भिउ पाई सकेको छ । भिडियोलाइ ३१ हजारले लाइक गरेका छन् भने ६ सय २८ ले डीस लाइक पाएको छ भिडियोमा २५ सय भन्दा धेरैले कमेन्ट गरेका छन् । सार्बजनिक गीत मा धेरैले टिकटक भिडियो पनि बनाएका छन् ।

गायक गिरीकै शब्द तथा संकलन रहेको गीतको भिडियोमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवायुवतीको ब्यङ्ग्यात्मक शैलीलाई देखाउन खोजिएको छ । भिडियोमा सुनिल स्वयंम र मोडल उर्मिला गुरुङका साथ देखिएका छन्। मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायाँकन रहेको भिडियो पवन सिम्खडाले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.